भारतीय सेनालाई लक्षित गरी भीम रावलकाे यस्ताे ट्वीट



काठमाडौं, साउन २७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतीय सेनालाई लक्षित गरी सामाजिक सञ्जालमा ट्वीट गरेका छन्। उनले कालापानीबाट भारतीय सेना हटाउन जोड दिदैँ ट्वीट गरेका हुन्।

रावलले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा समेत जोड दिएका छन् ।‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरित भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ,’ पूर्व मन्त्री समेत रहेका नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ ।’

सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी नै दुई देशबीचको सीमाना भए पनि भारतले कालापानीमा आफ्नो सुरक्षा फौज राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News