लगानी बोर्डका सिइओ भट्टलाई काम नगर्न उच्च अदालतको आदेश

काठमाडौं, साउन २७
उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश दिएको छ ।
पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो। मन्त्रिपरिषदले साउन १९ गते भट्टलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो।
भट्टको योग्यता नपुग्ने र विभिन्न ठेक्कामा कालोसूचीमा परेको दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए।
प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलबार