रास्वपा महाधिवेशन : बन्दसत्रमा ४ प्रतिवेदन पेस हुँदै [यस्तो छ कार्यतालिका]



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिनको कार्यक्रम चितवन प्रदर्शनी केन्द्रमा बिहान साढे ८ बजेदेखि सुरू हुनेछ।

बन्द सत्रका कार्यक्रम सभापति रवि लामिछानेले सञ्चालन गर्नेछन्। बन्द सत्रमा चारवटा प्रतिवेदन पेस हुने कार्यतालिका छ। सुरुमा केन्द्रीय अनुशासन विभागबाट रमाकान्त रिमालेले प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बिहान ९ देखि साढे ९ बजेभित्र आर्थिक प्रतिवेदन पेस हुनेछ। प्रतिवेदन पार्टी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले पेस गर्नेछिन्। साढे ९ बजेदेखि आधा घन्टा चिया ब्रेक राखिएको छ।

त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसमा बिहान १०स्४५ बजेसम्म छलफल हुने भनिएको छ। त्यसपछि विधानमाथि छलफल गरी पास गर्ने कार्यतालिका छ। त्यसका लागि १०स्४५ देखि ११स्४५ सम्मको समय तोकिएको छ।

पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसमा छलफलका लागि ११स्४५ देखि १२स्४५ सम्मको समय तोकिएको छ।

त्यसपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गरी आयोजक समितिले सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दिने कार्यतालिका छ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्