अमेरिकी डलरको भाउ घट्यो, अन्य देशको बढ्यो (सूचिसहित)


 



काठमाडौं, साउन २८
अमेरिकी डलरको भाउमा केही गिरावट आएको छ
। मंगलबारसम्म ११९ रुपैयाँ ५४ पैसामा कारोबार भएको अमेरिकी डलर बुधबार ११९ रुपैया ३४ पैसा भएको छ।

अमेरिकी डलरमा आएको गिरावटसँगै यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङको मूल्यमा भने वृद्धि भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३४ पैसा विक्रीदर ११९ रुपैयाँ ५४ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४० रुपैयाँ ७२ पैसा, विक्रीदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्