सुनको मूल्य आज प्रतितोला छ हजार घट्यो, कति छ बजार मूल्य ?


 


काठमाडौं, साउन २८
नेपाली बजारमा पहेँलो धातु अर्थात सुनको मूल्य आज ह्वात्तै घटेको छ । सुन आज तोलामा छ हजार दुई सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्