बजारमा आयो माइक्रोसफ्टको १ लाख ७० हजारको स्मार्टफोन, यस्ता छन् सुबिधा


 



माइक्रोसफ्टले आफ्नो पहिलो डुअल स्क्रीन एन्ड्रोइड स्मार्टफोन माइक्रोसफ्ट सर्फेस डुओको मूल्य घोषणा गरेको छ ।
माइक्रोसफ्टका अनुसार कम्पनीले यो फोन १० सेप्टेम्बरमा लन्च गर्नेछ । यसको मूल्य १३९९ डलर अर्थात् १ लाख ७० हजार रुपैयाँ राखेको छ । यसको बिक्री पनि १० सेप्टेम्बरमै सुरु हुनेछ ।

माइक्रोसफ्ट सर्फेस डुओमा ५।६ इन्चको दुई ओएलईडी डिस्प्ले राखिएको छ । एसपेक्ट रेसिया ४।३ को छ र दुवै स्क्रीनको बीचमा एक हिन्ज राखिएको छ । कनेक्ट भएपछि ८।१ इन्चको स्क्रीन तयार हुन्छ । यहाँ एक मात्र फोल्डेबल डिस्प्ले नभएर दुई फरक–फरक डिस्प्ले प्रयोग गरिएको छ ।

यो फोल्डेबल स्मार्टफोनमा ११ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ । यसै क्यामेरालाई सेल्फीका लागि पनि प्रयोग गर्न सकिन्छ । माइक्रोसफ्ट सर्फेस डुओमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर राखिएको छ । यसमा ६ जीबी र्याम राखिएको छ र टप मोडलमा २५६ जीबीको स्टोरेज राखिएको छ ।
यो डिभाइसमा ३५७७ को ब्याट्रि राखिएको छ । यसका अलावा कनेक्टिभिटीका लागि ४जी, यूएसबी टाइप सी जस्तो स्ट्यान्डर्ड फीचर्स राखिएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्