सुनको मूल्य आज पनि बढ्यो




काठमाडौं, साउन ३०
बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्