आज घट्यो सुनको मूल्य

काठमाडौं, साउन ३२
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९८ हजार चार सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा झरेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: ३२ श्रावण २०७७, आइतबार












