पर्यटनमन्त्रीले भने- नेपालको हवाई क्षेत्र सुरक्षित बनाउँछौं


 


jeevan-sahi-1काठमाडौं, १६ असोज । क्यानडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मुख्यालयमा भइरहेको  ३९ औं  आईकाओ महासभामा  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले सम्बोधन गरेका छन् ।

सो अवसरमा शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन नेपाल सरकार क्रियाशिल रहेको बताए ।

नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ओगटेकाले सुरक्षित हवाई उडान प्राणजस्तै महत्वपूर्ण रहेको भन्दै उनले पर्वतीय पर्यटन र विकासमा पनि हवाई उड्ययनको ठूलो योगदान रहेको बताए ।

आईकाओले सन् २०१३ मा आईकाओले नेपालको हवाईसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुरक्षा चासोको विषयलाई सम्बोधन गर्न नेपालले आईकाओसमेतको सहयोगमा महत्वपूर्ण कार्यहरु गरिरहेको र पछिल्लो तथ्यांकले नेपाल आईकाओ सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा विश्वका अरु मुलुकको नजिक पुग्न लागेको बताए ।

महासभामा नेपालको तर्फबाट मन्त्री शाहिको नेतृत्वमा उड्ययन प्राधिकरणका निर्देशक, मन्त्रालयका सम्बन्धित शाखाका प्रमुखहरु, वायु सेवा निगमका प्रवन्ध निर्देशक लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्