फेरि एक लाख रुपैयाँ नाघ्यो सुनको मूल्य




काठमाडौं, भदौ २
नेपाली बजारमा आज फेरि सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ । सुन आज तोलामा दुई हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख चार हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्