एकैदिन १०१६ जनामा कोरोना पुष्टि


 


काठमाडौ, भदौ २

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । पहिलो पटक एक हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका १३८, ललितपुर ५०, भक्तपुर १७, बिराटनगर ९६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

मंगलबार १३,४६२ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ११४ पुगेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित १०,५६३ जना रहेका छन् भने क्वारेन्टाइन मा १३,९२६ जना रहेका छन्।

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्