आज घट्यो कि बढ्यो सुनको मूल्य ?




काठमाडौं, भदौ ३
बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा नै कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ३ भदौ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्