अमेरिकी डलरको मूल्य आज पनि बढ्यो (सूचीसहित)




काठमाडौं, भदौ ४
अमेरिकी डलरको मूल्य १० पैसाले बढेको छ। बुधबार ११९ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डलरको मुल्य बिहीबार १० पैसाले बढेर ११९ रुपैयाँ ४२ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार बिहीबार इरोपीयन यूरो १ को खरिददर १४२ रुपैयाँ ५९ पैसा, विक्रिदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५८ रुपैयाँ ०१ पैसा, विक्रिदर १५८ रुपैयाँ ३२ पैसा रहेको छ।

अष्ट्रलियन १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा, विक्रिदर ८७ रुपैयाँ २५ पैसा रहेको छ। क्यानडीयन डलर १ को खरिददर ९० रुपैयाँ ८४ पैसा, विक्रिदर ९१ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८४ पैसा, विक्रिदर ३२ रुपैयाँ रहेको छ। कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा विक्रीदर ३२ रुपैयाँ ८६ पैसा रहेको छ।

यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५१ पैसा र विक्रिदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्