सुनको मूल्य आज घट्यो, कतिमा झर्यो ?




काठमाडौं, भदौ ४
बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्