सुनको मूल्य घट्यो, कति छ आज बजार भाउ ?


 


काठमाडौं, भदौ ७

साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलतामा आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । सुन हिजो प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्