विप्लव समूहका ८८ नेता/कार्यकर्ता जसपामा प्रवेश



काठमाडौँ, भदाैँ ८
नेत्रविक्रम चन्द(विप्लव) समूहको मध्य केन्द्रीय कमान्डका तत्कालीन सैन्य कमान्डर जीवन लामासहित ८८ जना कार्यकर्ता आइतबार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

समूहका ब्युरो सदस्यहरू प्रह्लाद फुयाँल, रौतहट जिल्ला पूर्वसेक्रेटरी गोपाल जिम्बा तथा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुलीमा विभिन्न तहको जिम्मेवारीमा रहेका कार्यकर्ताहरू पार्टी प्रवेश गरेका जनता समाजवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठसहितका नेताहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News