सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो तोलाको ?


 



काठमाडौं, भदौ ८
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ । हिजो प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार ९ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्ग्ले जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्