संक्रमण बढेपछि बैंक तथा बित्तीय संस्था एकदिन बिराएर खुल्ने


 



धनगढी, भदौ ८
कैलालीका बैंक तथा बित्तीय संस्था मङ्गलबारदेखी लागू हुनेगरि एक दिन बिराएर खुल्ने भएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको उपस्थितिमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले यस्तो निर्णय गरेको हो।

कैलासहित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि एकदिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धरम बिष्टले जानकारी दिए । उनले भोलिदेखि कैलालीका बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने बताए ।

उनकाअनुसार बैंक एकदिन बिराएर विहान ८ बजेदेखि ११ बजेसम्म बैंक खुल्नेछन् । यो निर्णयसंगै गौरा पर्वको बिदा परेका कारण कैलालीका बैंक अब एकैपटक बिहीबार मात्रै खुल्ने छन् । बैंक सोमबार खुलेको हुँदा मङ्गलबार खुल्ने छैन भने बुधबार गौरा पर्वको बिदा छ । त्यसको पछिल्लो दिन बिहीबार बैंक खुल्ने छन् ।

साथै सोमबारनै नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंकका दुई सय जना कर्मचारीको पीसीआर टेष्ट गरिएको छ । उनीहरूको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्