सुनकाे मूल्य घट्याे


 


काठमाडाैं, असाेज १६

साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेकाे छ तर चाँदी भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेको सुन आइतबार ५८ हजार १ सय रुपैयाँमा झरेको छ। आइतबार ८ सय ६५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको छ। शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्