सुनको मूल्य आज पनि घट्यो, कतिमा झर्यो ?


 



काठमाडौं, भदौ १०
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्ग्ले जनाएको छ ।

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्