भोजपुरमा यसरी लगाइयो शान्ति यज्ञ (फोटो फिचर)


 


panchakanya - Copy

भोजपुर, जेठ २३
भुकम्पीय विपत्तिको निवारण र शान्तिको कामना गर्दे शनिबार भोजपुर सदरमुकामका शान्ति यज्ञ गरिएको छ । सदरमुकास्थित सिद्धकाली मन्दिर परिसरमा ब्राम्हण विधिद्धार भव्य यज्ञ लगाइएको हो ।

सनातन धर्म सेवा समितिको आयोजना र शान्ति यज्ञ समितिको ब्यवस्थापनमा २५ जना ब्राम्हण पढाएर शान्ति यज्ञ गरिएको हो । विनाशकारी भुकम्पमा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दे बिहान सदरमुकामको जिरो प्वाइन्ट गेटबाट शंङ्ख ध्वनी सहित बजार हुँदै मन्दिर परिसरमा ठुलो संख्यामा भक्तजनहरुको उपस्थिति थियो । यज्ञमा श्रीमद्देवी भागवत् नौ जना पण्डितहरुले बाचन गरेका थिए ।

त्यस्तै वेद पाठ, चण्डि पाठ, गीता पाठ, सनि मृत्युञ्जय, गायत्री मन्त्र जप लगायत नौ प्रकारका पाठहरु मन्दिर परिसरमा बाचन गरिएको थियो । विपद्को संकट मोचनका लागि यज्ञको आयोजना गरिएको आयोजक समितिका सदस्य हरिकृष्ण दाहालले बताए ।

2

3

4

5

6

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्