चिनियाँ स्याउको आयात घट्यो


 


रसुवा, भदौ १३

रसुवागढी नाकाबाट पछिल्लो समय चिनियाँ स्याउको आयात घट्दै गएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घटेको हो ।

रसुवागढी नाकाबाट भन्दा तातोपानी नाकाबाट स्याउ आयात गर्दा सस्तो पर्ने भएकाले व्यापारीले तातोपानी नाकाबाट स्याउ आयात बढाएका छन् ।

गत आर्थिक वर्ष २०७६र७७ मा ९३ करोड ९९ लाख ५७ हजार ७ सय ७३ रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ । २०७६र७७ साउनदेखि असार मसान्तसम्म १ करोड ३९ लाख ७५ हजार ४ सय १५ केजी स्याउ आयात भएको रसुवा भन्सार कार्यालयको तथ्यांक छ ।

आर्थिक वर्ष २०७५र७६ मा ३ अर्ब ३३ करोड ५ लाख ८७ हजार ५ सय ५६ रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको थियो । उक्त वर्ष ५ करोड ६ लाख १३ हजार ४ सय १६ केजी स्याउ आयात भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७४र७५ मा ३ अर्ब ४१ करोड रुपैयाँको स्याउ आयात भएको देखिन्छ । सो वर्ष ३ अर्ब ४१ करोड ६४ लाख ३१ हजार ५ सय ६ रुपैयाँ मूल्य बराबरको ५ करोड ८३ लाख ३१ हजार ७ सय ७५ केजी स्याउ आयात भएको थियो ।

३३ करोड ५ लाख ८७ हजार ५ सय ५६ रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको थियो । उक्त वर्ष ५ करोड ६ लाख १३ हजार ४ सय १६ केजी स्याउ आयात भएको कार्यालयले जनाएको छ ।

नेपाली बजारमा चिनियाँ स्याउको माग बढ्दै गएकाले चीनबाट स्याउ आयात भने बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । ‘नेपालमा चिनियाँ स्याउको आयात घटेको छैन’, उनले भने, ‘तातोपानी नाकाबाट र सिपबाट स्याउ आयात भएको देखिन्छ ।’

प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्