सुनको मूल्य आज पनि बढ्यो


 



काठमाडौं, भदौ १५
सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्