सुनको मूल्य दैनिक बढ्दै, कति पुग्यो आज ?


 



काठमाडौं, भदौ १६
बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्