सुनको मूल्य आज घट्यो


 



काठमाडौं, भदौ १७
सुनको मूल्य आज घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला ९७ हजार दुई सयमा झरेको छ । सुन हिजो प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ६५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्