सुनको मूल्य आज पनि घट्यो, कति छ तोलाको ?


 



काठमाडौं, भदौ १८
सुनको मूल्य आज थप घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्