अमेरिकी डलरको भाउ उकालो लाग्यो, यस्तो छ आजको विनिमयदर


 



काठमाडौं, भदौ २४
अमेरिकी डलरको भाउ आज उकालो लागेको छ । ३ दिनसम्म ११६ रुपैयाँ ७२ पैसामा कारोबार भएको अमेरिकी डलरले मंगलबारबाट उकालो यात्रा सुरु गरेको हो ।

मंगलबार ११७ रुपैयाँ ०५ पैसामा कारोबार भएको अमेरिकी डलर बुधबारसम्म पुग्दा ११७ रुपैयाँ ४६ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा, विक्रिदर ११८ रुपैयाँ ०६ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ७६ पैसा विक्रिदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ।

यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५३ रुपैयाँ ७३ पैसा, विक्रिदर १५४ रुपैयाँ ५१ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ २७ पैसा, विक्रिदर ८५ रुपैयाँ ७१ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा, ३१ रुपैयाँ ४८ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ९८ पैसा, विक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ।

यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ९८ पैसा, विक्रीदर ३८५ रुपैयाँ ९४ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्