दुई दिनदेखि भाेजपुर अन्धकार


 


loadsheddingभाेजपुर, असाेज १८

भोजपुर सदरमुकाम र आसपासका क्षेत्र दुई दिनदेखि अन्धकार बनेको छ । हिले भोजपुर ३३ केभी राष्ट्रिय प्रशारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत प्राधिकरण भोजपुरले बिद्युत सेवा सुचारु गरेको छैन । बिद्युत सेवा अबरुद्ध हुँदा दशैको समयमा जिल्ला अन्धकारमय बनेको छ ।

आइतवारबाट गएको बिद्युत सेवा अहिलेसम्म पनि सुचारु हुन नसक्दा जिल्लावासी मात्र नभएर सरकारी काम काज समेत प्रभावित बनेको छ । पछिल्लो समयमा आएर सवै काम कम्प्युटर प्रणालीबाट हुने गरेका कारण बिद्युत सेवा अवरुद्ध हुँदा सेवाहरु सहजरुपमा प्रवाह गर्न समस्या भएको छ । बिद्युत सेवा मर्मत भएर सुचारु नहुँदा दशैको समयमा कुटानी पिसानी गर्ने मिलहरु समेत सञ्चालनमा समस्या भएको छ ।

कार्यालय बन्द हुने समयमा बिद्युत लाइन सुचारु नहुँदा सवै भन्दा बढी मार सदरमुकाममा रहेका सरकारी तथा निजी बैकहरुलाई परेको छ । रकम निकाल्नका लागि गाँउ गाँउबाट सर्वसाधारण तथा कर्मचारीहरु आउने गरेको भए पनि बिद्युत सेवा नहुदाँ समस्या भएको ती बैकहरुले जनाएका छन । सवै बैकहरुमा बिद्युतको अन्य बैकल्पिक ब्यवस्था समेत नहुने भएकाले समस्या भएको छ ।

लामो दुरी भएको कारण समस्या हुने गरेको बिद्युत प्राधिकरणले भनेके दुई दिन भई सक्दापनि बिद्युत मर्मत नभएर समस्या भएको स्थानीय संजिव कार्कीले गुनासो गरे । भोजपुरमा बिगतमा पनि पटक पटक बिद्युत सेवा अवरुद्ध हुने गरेको छ । नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले भने बिद्युत मर्मतको कार्य भैरहेको जनाउँदै प्राबिधिकलाई खटाइएको जनाएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्