कारागारबाट फरार चौकीदार पक्राउ



धनकुटा, असोज १८

धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

सङ्खुवासभाको मावादिन गाविस–७ (हाल चैनपुर नगरपालिका वडा नं.९) का वर्ष ४३ का मिलन खड्का धनकुटा कारागारमा चौकीदारको रुपमा काम गर्ने गरेका थिए । विसं २०६२ मङ्सिरदेखि धनकुटा कारागारमा रहेका उनी चौकीदारको रुपमा बजार गएर सबै कैदीका लागि लत्ताकपडा, खाद्य सामग्रीलगायत आवश्यक सामग्री किनेर ल्याउने र जेलमा उत्पादित वस्तु बजार लैजाने काम गर्दैगर्दा गत भदौ ५ गते भागेका थिए ।

धनकुटा बजार मदनचोकमा किनमेल गर्न गएको अवस्थामा भागी फरार भएकोमा निजलाई खोजतलास गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मादीमुलखर्क–७ बाट पक्राउ गरिएको र निजउपर कारागार ऐन २०१९ बमोजिम कारबाहीका लागि जिल्ला कारागार धनकुटामा राखिने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News