साताको अन्तिम दिन घट्यो सुनको मूल्य


 



काठमाडौं, भदौ २६
नेपाली बजारमा आज साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार पाँच सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्