भोजपुरका सेवाग्राहीको बैंकमा भिड


 


भोजपुर सदरमुकामस्थित राष्ट्रिय बाणिज्य बैंकमा दशैंका लागि नयाँ नोट साट्न र तलब झिक्न लामबद्ध सेवाग्राही । तस्बिरः देशकोन्युजभोजपुर, असोज १८

राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ । नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको बैंकका शाखा प्रबन्धक उमेश नेपालले जानकारी दिए ।

सेवाग्राहीलाई तत्काल सेवा दिने र कसैलाई पनि रित्तो हात नफर्काउने उद्देश्यले आफूहरुले काम गरिरहेको बैंकका कर्मचारीहरुको भनाई छ । नयाँ नोट सटही आइतबारदेखि मात्रै सुरु गरेकाले सेवाग्राहीको चाप एकैपटक बढेको हो ।

गत वर्ष करिब रु तीन करोड नयाँ नोट आए पनि यस वर्ष रु एक करोड ५० लाख मात्रै आएको बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकलाई एकमुष्ट उपलब्ध गराएपछि वाणिज्य बैंकले जिल्लामा सञ्चालित अन्य वित्तीय बैंकहरुलाई उपलब्ध गराएको बताइएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्