सुनको मूल्य फेरि बढ्यो, कति छ आज तोलाको ?


 



काठमाडौं, भदौ २९
नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय २० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्