आज पनि बढ्यो सुनको मूल्य




काठमाडौं, भदौ ३०
बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ३० भदौ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्