सुनको मूल्य आज फेरि बढ्यो


 



काठमाडौं, भदौ २
सुनचाँदीको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य अनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीनसय ३० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्