ट्राफिक कारबाहीबाट एक दिनमै १० लाख ५३ हजार राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा दुई हजार ७६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ८८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ ९३, संकेत बत्ती उल्लंघन कर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याउने २२८ जना रहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १२९, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९०, एकतर्फी कायम गरिएको सडक उल्लंघन गर्ने ८८ र अन्य सवारी नियम पालना गर्ने एक हजार १८६ सवारी चालक रहेका छन् ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












