सुनचाँदीको मूल्य कति छ आज ?


 



काठमाडौं, असोज ४
बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९७ हजारमा रुपैयाँमानै कारोबार भैरहेको छ । सुन गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य आज स्थीर भएपनि चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदी शुक्रबार प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्