पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना संक्रमण, ९६६ जना डिस्चार्ज


 


काठमाडौं, असाेज ४
नेपालमा आइतबार थप १ हजार ३२५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा ९६६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्