ह्वात्तै घट्याे सुनकाे मूल्य



काठमाडौं, असाेज ६
मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रूपैयाँले घटेकाे छ । साेमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९७ हजार २ सय रूपैयाँमा पुगेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९६ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार १७ सय रुपैयाँ कम अर्थात ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य ९० रुपैयाँले घटेर १२३० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन १३२० मा काराेबार भइरहेकाे थियाे ।

प्रकाशित मिति: ६ आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्