सुनको मूल्य आज पनि ह्वात्तै घट्यो


 



काठमाडौं, असोज ७
नेपाली बजारमा आज पनि सुनको मूल्य ह्वात्तै घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्