दैनिक घट्दै सुनको मूल्य, कतिमा झर्यो आज ?

काठमाडौं, असोज ८
केही दिनदेखि बजारमा सुनको मूल्य घट्दै छ । आज पनि सुन तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै ९३ हजार एक सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि घट्दै छ । चाँदी आज पनि तोलामा ७० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय २० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भर्को महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: ८ आश्विन २०७७, बिहिबार












