सिचाई आयोजनाका निर्देशक बिष्ट युवतीसहित पक्राउ




काठमाडौं, असोज ८
कंचनपुरको महेन्द्रनगरस्थित महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक प्रचण्डदेव बिष्ट युवतीसहित पक्राउ परेका छन् । उनलाई एक युवतीसहित काठमाडौं सुन्धाराको होटलबाट प्रहरीले पक्राउ गरेको हो।

बुधवार राति ११ बजे होटलमा छापा मार्दा बिष्ट युवतीसहित भेटिएका महानगरीय प्रहरी बृत्तका प्रमुख डिएसपी सुनिलजंग शाहले जानकारी दिए ।

सुन्धारास्थित इसन होटलमा राति होहल्ला भैरहेको गुनासो स्थानीयले प्रहरीलाई गरेपछि जनसेवाको टोली त्यहाँ पुगेको थियो।

डिएसपी शाहका अनुसार उनी युवतीसहित मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा भेटिएका थिए । उनको साथबाट ११ लाख रुपैयाँ पनि फेला परेको छ । तर उनले त्यो रकम डिजीलगायतलाई दिन ल्याएको बताएका छन् ।

अश्वभाविक रुपमा ठूलो रकम फेला पारेपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खबर गरेको थियो।

आयोगको टोलीले ११ लाख रुपैयासहित बिष्ट र युवतीलाई नियन्त्रणमा लिएको थियो। युवतीलाई बिहीवार बिहान छाडेपनि बिष्टलाई भने अख्तियारको हिरासतमा राखेको छ।

प्रकाशित मिति: ८ आश्विन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्