सुनको मूल्य आज फेरि बढ्यो




काठमाडौं, असोज ९
बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ९ सय पुगेको छ । सुन हिजो प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ६० रुपैयाँ पुहेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्