सुनको मूल्य आज फेरि घट्यो


 



काठमाडौं, असोज ११
सुनको मूल्य आज फेरि घटेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा झरेको छ ।

सुन शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा झरेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्