सुनको मूल्य आज फेरि बढ्यो
काठमाडौं, असोज १३
बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार दुई सय पुगेको छ । सुन हिजो ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा २५ रुपैयाँ बढ्दै एक हजार एक सय ७५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा कारोबार भएको मेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १३ आश्विन २०७७, मंगलबार