सुनको मूल्य आज पनि बढ्यो


 



काठमाडौं, असोज १४
सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ९० रुपैयाँ पुगेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्गले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्