रेलवे कम्पनीमा जागिरको लागि ३२ हजारको आवेदन


 



काठमाडौं, असोज १४
रेलवे कम्पनीमा जागिरको लागि ३२ हजार जनाले आवेदन दिएका छन्।

\१२९ कर्मचारी माग भएको ठाउँमा ३२ हजारको आवेदन परेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनाएका हुन्।

कम्पनीले आवेदकहरूको शैक्षिक योग्यताका आधारमा पहिलो चरणमा मेरिट लिस्ट प्रकाशन गर्ने र अन्तर्वार्तापछि अन्तिम नामावली प्रकाशन गर्नेछ। रेलवे कम्पनीले २९ पदका लागि करारमा १२९ कर्मचारी माग गरेको छ छ ।

प्रकाशित मिति: १४ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्