आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?


 



काठमाडौं, असोज २५
सुनको मूल्य आज भने घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घटेर प्रतितोला ९४ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ७५ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्