सुनको मूल्य आज पनि घट्यो


 



काठमाडौं, असोज १६
सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार तीन सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत रहेको छ । चादी आज पनि प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्