सुनको मूल्य फेरि बढ्यो, कति छ आज ?

काठमाडौं, असोज १८
सुनको मूल्य आज तोलामा फेरि दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो मात्रै तोलामा दुई सय रुपैयाँ घटेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ८० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १८ आश्विन २०७७, आइतबार












