शेयर बजार उकालो लाग्यो, नेप्से १५ अंकले बढ्यो




काठमाडौं, असोज १८
शेयर बजारको कारोबार आज उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।

जलविद्युत् र सामूहिक लगानी कोषबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । सोमबार उत्पादन समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको २४, विकास बैंकको २३ तथा बैंक र व्यापार समूहको शेयर १५ अङ्कका दरले बढेको छ ।

सोमबार एक सय ९३ कम्पनीका एक करोड दुई लाख ७४ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार कर्पोरेट विकास बैंक, शिवम् सिमेन्ट र प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि युनियन, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्